एनएफपीजेद्वारा २४ औ बार्षिक उत्सबको अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिताको घोषणा
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले ‘नेपाल इन लकडाउन 2020’ फोटो प्रतियोगिता कार्यक्रमको घोषणा गरेको छ । मंगलबार संस्थाको २४ औं स्थापना दिवसको अवसर पारेर एनएफपिजे, नेपालका महासचिव प्रदीपराज वन्तले उक्त प्रतियोगिता शुरु भएको घोषणा गर्नुभएको हो ।
कोरोना कहरमा सरकारले चैत्र ११ गतेदेखि गरेको लकडानको अवधिमा खिचिएका तस्वीरहरुलाई समेटेर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत्र ११ गतेदेखि २०७७ भाद्र मसान्तसम्म खिचिएका लकडाउन सम्बन्धि फोटोहरु समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागीहरुले बढीमा तीन वटा फोटो समावेस गर्न सक्ने व्यवस्था मिलाईएको एनएफपीजे नेपालका महासचिव वन्तले जानकारी दिनुभयो। प्रतियोगितामा आएका उत्कृष्ट १० फोटोहरु छनौट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरहरुलाई जनही १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने महासचिव वन्तले बताउनुभयो । प्रतियोगितामा सवै नेपालीले फोटो पठाएर प्रतियोगितामा सहभागीता जनाउन सक्ने छन् ।
प्रतियोगितामा समावेस फोटोहरु निर्णायक समितिको निर्णयलाई मान्य हुने गरी नतिजा प्रकाशन गरिने संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताउनुभयो । साथै निर्णायक मण्डलहरुमा एनएफपिजेका संस्थापक अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न बज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाइ सुवाल र ३६० म्यागाजिनका सम्पादक चारु चड्डा रहनु हुनेछ ।
फोटो पठाउँदा पालना गर्नु पर्ने शर्तहरुः
- फोटो १२ ह १८ इन्चको ३०० रिजोलुसनको हुनु पर्ने छ ।
- फोटोको स्पष्ट विवरण उल्लेख हुनु पर्ने छ ।
- फोटो लकडाउन अवधिभर २०७६ चैत्र ११ गते देखी ०७७ भाद्र मसान्त सम्मको हुनु पर्ने छ ।
- फोटो नेपालमा र नेपालीले खिचेको हुनुपर्ने छ ।
- प्रतियोगितामा समावेस भएका फोटोहरुको बौद्धिक सम्पती हकदावीको जिम्मेवारी स्वयम् फोटोग्राफरमा हुने छ ।
- प्रतियोगितामा समावेस गरिएको फोटो अनावश्यक सम्पादान गरिएको पाइएमा मान्य हुने छैन ।
- फोटो पठाउने अन्तिमितिः– फोटो प्रतियोगितामा सहभागी हुने अन्तिम मिति २०७७ साल असोज मसान्त सम्म ।
थप जानकारीकालागी
९८५१०४४८३५
९८४१८९५८११
९८४१८५१९२५
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्