नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ ।
ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्कियो
काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।
लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातभरि काममा खटिए पनि मर्मत गर्न सकेन । बिग्रिएको ठाउँ पत्ता लगाउन नसकेपछि आज बिहानपख प्राधिकरणको प्राविधिक टोली फर्किएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भूमिगत गरिएको बिजुलीको तार पड्कियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्