काभ्रेस्थली तेक्वान्दो डोजाङ्ग तथा तारकेश्वोर नगर तेक्वान्दो कार्य समितीद्धारा खाद्यान्न र स्वास्थ्य सामाग्री बितरण
बिश्वव्यापी कोरोना महामारीका कारण कडाउन तथा निषेधाज्ञाका बीच काभ्रेस्थली तेक्वान्दो डोजाङ्ग तथा तारकेश्वोर नगर तेक्वान्दो कार्य समितीले निम्न आय आर्जन भएका तथा गरिब,अपांगहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री बितरण गरेको छ।
समितीले गत चैत्रदेखि जारी लकडाउनका कारण समस्यामा परेका तार्केश्वोर नगरपालिका लगायत अन्य विभिन्न स्थानमा गरि करिब ३७० घर परिवारहरुलाइ खाद्यान्न दाल, चामल, नुन,तेल,सोयाबिन,बिस्कुट लगायत खाद्यबस्तु वितरण गरेको हो। तार्केश्वोर नगर पालिकाकै एक मात्र अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक बिक्रम खड्गी को पहलमा तार्केश्वोर नगरपालिका वडा न. ६ पदमसाल काभ्रेस्थली अवस्थित बोधिचित्त प्रतिष्ठान नेपाल कोरियन सस्थाद्वारा कोरियाको Samdong international र won Boddhisim को संयुक्त सहयोगमा उनीहरुलाई सहयोग गरिएको हो।
त्यस्तै काभ्रेस्थली स्थित स्वास्थ्य संस्था , प्रहरी चौकी सङ्गला र धर्मस्थलीमा स्वास्थ्य सामग्री पिपिइ , माक्स, सर्जिकल पन्जा, स्यानिटाइजर लगायत अन्य स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ । यस कार्यका लागि सजिकरण तथा समन्वय कर्ताका रुपमा बोधिचित्त प्रतिस्ठान नेपालका अध्यक्ष सुभाष रेग्मी, उपाध्यक्ष रोशन आचार्य र कोरियाली नागरिक lee young mock won Buddhisim को विशेष पहलमा राहत बाँढिएको तेक्वान्दो प्रशिक्षक विक्रम खड्गी बताउनुका साथै आगामी दिनहरुमा पनि समाजसेवालाई निरन्तरता दिई समस्यामा परेकालाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन्। मानव स्वभाब सहयोगी र दिन : दुखीलाई सहयोग गर्नुपर्ने रहेको र मानव हुनुको धर्म सधै निर्वाह गर्नका लागी आफु जस्तोसुकै त्याग गर्न क्रियाशिल रहने पनि खड्गीले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काभ्रेस्थली तेक्वान्दो डोजाङ्ग, #खाद्यान्न र स्वास्थ्य सामाग्री बितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्