मकवानपुरमा दुई प्रहरी जवान निलम्बन
चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले शनिबार साँझ दुई जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ ।
प्रहरी स्रोतका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीको टोलीले सवारी चालकहरुसँग आर्थिक लेनदेन गरिरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यारर्त प्रहरी जवानद्वय नविन कुमार परियार, लाल बहादुर चौधरीलाई निलम्बन गरिएको हो । त्यस्तै, प्रहरीको टोलीले अन्य दुई जना प्रहरी हवल्दारद्वयलाई भने स्पष्टिकरण सोधेको छ ।
आर्थिक लेनदेनमा प्रहरी कर्मचारीहरुको नाम जोडिन थालेपछि प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले प्रहरी कर्मचारीमाथि नै निगरानी सुरु गरेका छन् । जुन फलस्वरुप शनिबार दुई जना प्रहरी निलम्बनमा परेको घट्नाले समेत छर्लङ्ग बनाएको छ । आर्थिक लेनदेनमा शून्यसहनशीलता ल्याउने कार्ययोजना अनुसार विभिन्न दस जिल्लामा प्रदेश ट्राफिक प्रहरी कार्यालयले छुट्टाछुट्टै अनुगमन टोली समेत खटाउँदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्