आर्थिक क्षेत्र चलायमान बनाउन उद्योग परिसंघको आग्रह
काठमाडौं, असोज । नेपाल उद्योग परिसङ्घले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको छ ।
परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको टोलीले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवडासँग भेटेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना सङ्क्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको हो ।
उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा सङ्क्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा कर्मचारी तथा कामदारको पीसीआर परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा परिसङ्घले जोड दिएको छ ।
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने र चौध दिनसम्मको क्वरेण्टीनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वरेन्टिनको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको परिसङ्घले जनाएको छ ।
निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आबद्ध गराएर उपचार तथा क्वरेण्टीन र आइसोलेसनका सेवा प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने माग परिसंघको छ ।
मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्था कार्यान्वयनमा नआएको तथा उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युत्को डिमान्ड शुल्क छूट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छूट दिने बजेट मार्फत घोषणा गरिएकामा अहिलेसम्म कार्यान्वयनमा नआएको विषयमा परिसङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल उद्योग परिसङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्