गोविन्द केसीको समर्थनमा किन खुलेरै लागे नेता लक्ष्मण शाही ?
काठमाडौं ,
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १९ औं पटकमा जुम्लाको बाबिरा मस्टो मन्दिरमा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको मागप्रति जुम्ला कांग्रेसका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले पनि समर्थन जनाएका छन् । केसीले यसअघि विभिन्न ठाउँ पुगेर आफ्ना माग राख्दै सत्याग्रह सफल पारिसकेका छन् ।
४ दिनदेखि जुम्लामा सत्याग्रहमा रहेका केसीलाई शाहीले त्यहीँ पुगेर समर्थन जनाएका हुन् । शाहीले केसीको माग जायज भएकाले आफ्नो तर्फबाट समर्थन जनाएको बताए । ‘उहाँले सबैका साझा मागलाई उठाउनुभएको छ, यो माग पूरा हुँदा चिकित्सा क्षेत्रमा धेरै सुधार हुन्छ र चिकित्सा क्षेत्रमा पढ्ने विद्यार्थीले पनि राहत महसुश गर्छन्’ नेता शाहीले भने ‘ सरकारले केसीको माग पूरा गर्ने त कुरै छोडौं, सुन्नै चाहेको छैन, यो दुःखद् विषय हो ।’ स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका उनले केसीका माग नाजायज भए सरकारले कारणसहित सबै नागरिकलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि बताए ।

शाहीले सामाजिक र राजनीतिक विषयसँगै जनताका साझा समस्यालाई निरन्तर उठाइरहेका छन् । शाहीले डा. केसीको जीवन बचाउन पनि सरकारले तत्कालै पहल गर्नुपर्नेमा जोड दिएका छन् । केसी ६ बुँदे माग लिएर सत्याग्रहमा बसेका छन् । उनको समर्थनमा विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको पनि समर्थन छ । उनले नेपालमा निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा सबैको समान पहुँचको मुद्धालाई सुरुदेखि नै प्राथमिकताका साथ उठाएका छन् । उनले २०७५ साउन १० गते आफूसँग गरिएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनको माग पनि राखेका छन् ।
उनले विभिन्न हिमाली तथा पहाडी र दुर्गम जिल्लामा पनि अस्पताल स्थापनाका साथै चिकित्सा विद्यालय स्थापनाको माग पनि अघि सारेका छन् । केसीले सरकारको लुटतन्त्र र तानाशाही तन्त्रको पनि खुलेरै विरोध गर्दै आएका छन् । केसीले लकडाउन हटाएर अनिवार्य मास्क लगाउने, हात धुने र भौतिक दूरी कायम गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गरएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #govinda kc
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्