कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै मानिसहरु खुला र शान्त क्षेत्रमा ओइरो लाग्ने
काठमाडौं, भदौ २६ । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै मानिसहरु खुला र शान्त क्षेत्रमा ओइरो लाग्ने बताउनुभएको छ । सामुदायिक वनमा पर्या–पर्यटनका चुनौति, उपलब्धी र संभावना विषयक अनलाइन अन्र्तकृयामा मन्त्री भट्टराईले कोरोनाकै कारण घरमै थुनिएका पर्यटकहरु महामारी कम हुनासाथ बाहिर निस्कने बताउनु भयो । त्यो बेला नेपालमा पर्यटकको ओइरो लाग्ने सम्भावना देखिएको उहाँको भनाई छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले गरेको अन्र्तकृयामा मन्त्री भट्टराईले त्यो अवस्थालाई अवसरका रुपमा लिएर समयमै सही व्यवस्थापनको योजना बनाउनुपर्ने खाँचो पनि औल्याउनु भयो ।
पर्यापर्यटनको मुख्य आधार प्रकृति र संस्कृति भएको र त्यसलाई कसैले खोसेर लान नसक्ने बताउँदै उहाँले दुवै आधारमा बलियो भएकोले नेपालमा इको टुरिजमको अथाह संभावना रहेको दावी गर्नुभयो ।
पर्यापर्यटनका रुपमा सामुदायिक वनहरु महत्वपूर्ण हुने र त्यसबाट समुदायले समेत लाभ लिन पाउँने बताउँदै मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसंग साझेदारी गरि प्रतिफलमा पनि हिस्सेदार बन्न सामुदायिक वन र त्यसको छाता संगठन फेकोफनलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठकले सामुदायिक वन, त्यहाँको जनशक्ति र समुदायको हितमा हुने गरि सरकारले आर्थिक स्रोतलाइ प्रभावकारी ढंगले परिचालन गर्न सके नेपाल राष्ट्रले राखेको संमृद्धिका लागि प्राकृतिक र सांस्कृतिक संवद्र्धनको नारालाई सार्थक बनाउन सकिने बताउनुभयो ।
वनमा पर्यापर्यटनको विकास र विस्तारमा सरकारले सघाउनु पर्ने र त्यसबाट समुदायले लाभ लिनसके मुलुकको सम्वृद्धिमा टेवा पुग्ने उहाँको भनाइ छ ।
पर्यापर्यटन र राज्यले गरेको संकल्पमा सामुदायिक वनहरुले ठुलो योगदान गर्न सक्ने भएकोले पर्यटकिय हिसावले सामुदायिक वन अत्यन्त महत्वपुर्ण भएको पनि प्रस्ट पार्नुभयो ।
कार्यक्रमा महासंघका कानुन सल्लाहकार दिलराज खनाल र संरक्षणविद जुद्धबहादुर गुरुङले सामुदायिक वनमा आधारित पर्या–पर्यटनका अवसर र चुनौतिहरु बारेमा आफनो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिमा मुख्य गरि पर्या–पर्यटन सम्बन्धी संबैधानिक, कानूनी र नीतिगत अवसरहरु, सामुदायिक वनमा आधारित विद्यमान अवस्था र आगामी सम्भावना, सामुदायिक वनमा आधारित पर्या–पर्यटनका समस्या तथा चुनौति र सम्बोधनका उपायहरु समेटिएका थिए ।
यसैगरि वन तथा भूसंरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले पर्यापर्यटनको विकासका लागि कुनै कानूनी वाधा अड्चन देखिएमा सुझाव अनुसार नियमावलीमा सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले वन क्षेत्रमा काठ, जडिबुटीसहितको गैरकाष्ठ वन पैदावार, कार्वन, वन्यजन्तु र प्रकृतिमा आधारित पर्यटनलाई इको पर्यटनको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।
फेकोफनका महासचिव बिर्खबहादुर शाहीले सामुदायिक वनलाई इको टुरिजमको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो । यसैगरि महासंघका सचिव ठाकुर भण्डारीले कृषि र वन (एग्रो—फरेष्ट, फरेष्टफुड)लाई सँगसँगै लैजान सकेमा त्यसले समुदायको जीविनस्तर सुधार र आर्थिक सम्वृद्धिमा सघाउने बताउनु भयो ।
कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवहरु प्रदेश १ का मेघराज काफ्ले, प्रदेश २ का रामचन्द्र कंडेल, वाग्मती प्रदेशका सिन्धु ढुंगाना, प्रदेश पाँचका राजेन्द्र केसी लगायतले प्राकृतिक, पर्यटन र सामुदायिक वन उपभोक्ता समुहहरुको भूमिकाबारे बोल्नु भएको थियो । यसैगरि सचिवहरुले पर्यटकीय उत्पादन र गतिविधीमा विविधिकरण गर्नु पर्ने, त्यसको लाभ समुदायले पनि पाउनु पर्नेमा जोड दिँदै कानूनी समस्या भए प्रदेश सरकारका तर्फबाट समाधान गर्न तत्पर रहेको प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा सातै प्रदेश अन्तरगतका ३२ जिल्लाका ३४ वटा सामुदायिक वन उपभोक्ता समुहरुका अध्यक्षहरु ३२ जिल्ला महासंघका अध्यक्षहरु, सातै प्रदेश महासंघका अध्यक्षहरु महासंघका पदाधिकारीहरु गरि ९० जनाको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पर्यटनमन्त्री योगेश भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्