योग्यता र अनुभवको आधारमा थापाको नियुक्ति
काठमाडौँ, । सरकारले योग्यता र अनुभवको आधारमा नै चन्द्र थापालाई स्वास्थ्य विमा वोर्डको सदस्यमा नियुक्ति गरेको छ ।
उनी प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको भाइको नाता नभई उनमा भएको योग्यता, सीप, क्षमता र अनुभवका आधारमा नियुक्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थापा विमितका तर्फबाट सदस्यमा नियुक्त भएका हुन । प्यूठान घर भएका थापा सानैदेखि पढाईमा अब्बल हुन । उनमा स्वास्थ्य क्षेत्रको दुई दशक लामो अनुभव समेत रहेको छ ।
“ उनको क्षमताको आधारमा नै हामीले वोर्ड सदस्यमा नियुक्ती गरेका हौ ” मन्त्रालयले भन्यो, “ उनीसंग विमा क्षेत्रमा काम गरेको १८ बर्ष अनुभव रहेको छ । त्यसैले क्षमता र योग्यताको आधारमा उनी वोर्ड सदस्यमा नियुक्ती भएका हुन । ”
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आजै बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती सहित सदस्यमा डा सुरेश तिवारी र थापालाई नियुक्त गरेका हुन ।
उनीहरु तीनै जनाको आजै सपथ समेत भइसकेको छ । थापा स्वास्थ्य मूल विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्र्तिण भएका थापा हाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष समेत हुन । उनी तत्कालिन नेकपा (एमाले)को प्यूठान काठमाडौँसम्पर्क मञ्चको अध्यक्ष समेत हुन ।
तत्कालीन नेकपा एमालेको सातौ र आठौ महाधिवेशन पछि स्वास्थ्य विभागमा रहेर काम गरिरहेको अनुभव समेत थापासंग रहेको छ । उनी विगत १५ बर्षदेखि प्राध्यापन पेशा गर्दै आइरहेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #चन्द्र थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्