निर्माण तथा बिकास निर्माणमा अग्रसर भुमिका खेल्दै प्रदेश सभा सदस्य तथा वडा परिवार
शोभा तामाङ/ प्रनेल महर्जन
भदौ ३० काठमाडौं । न्युरो भेटघाट चोक हुँदै न्युरो अस्पताल बासबारी बसुन्धारा जोड्ने बैकल्पिक मार्ग निर्माण सम्पन्न भएको छ । शहरी बिकास मन्त्रालयबाट रु पचास लाख विनियोजन गरि बुढानिलकण्ठ नगरपालिका वडा-७, टोखा नगरपालिका वडा-४, काठमाडौं महानगरपालिका वडा-३ को सिमाना जोड्ने उक्त मार्गमा ढल निकास तथा ड्रेन व्यवस्थापनको राम्रो व्यवस्था गरि पिच गरिएको छ भने कतै आवश्यक स्थानमा ढलान पनि गरिएको छ।
प्रदेश सभा सदस्य दिपक निरौला तथा नगरप्रमुख उद्धव पौडेल लगायत बुढानिलकण्ठ नगरपालिका वडा ७ का वडा अध्यक्ष बस नारायण महर्जन तथा जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा सुरु गरिएको उक्त मार्ग निर्माण कार्यलाई सम्पन्न गर्न उपभोक्ता समिती गठन गरि निर्माण सुरु गरिएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको सहयोगमा ढलान गरि सहयोग प्राप्त भएको र उपभोक्ता समिती लगायत स्थानीयबासीको साथ र सहयोगबाट निर्माण कार्यमा देखाइएको सक्रिय भुमिकाको लागि जनप्रतिनिधिहरु लगायत प्रदेश सभा सदस्य दिपक निरौलाको तर्फबाट धन्यवाद दिनुभएको छ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्