१ करोडमा पुर्ननिमार्ण हुँदै सपनातिर्थ मन्दिर
टोखा काठमाडौ । देशकै गहनाको रुपमा लिइने टोखाको सपनातिर्थ नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमासमेत परिचित सपनातिर्थ एतिहासिक मनिदर हो ।
ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको टोखामा हरेक वैशाख १ देखि ४ गतेसम्म जात्रा मनाइदै आएको थियो ।
टोखाको सपनातिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थलमा बनाईएको पोखरीमा नुहाउँदा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको निको हुने जनविश्वास छ ।

यसै सनर्दभमा साँस्कृतिक संरक्षित क्षेत्र टोखा अन्तर्गत यो मन्दिर पुर्ननिमार्ण हुने भएको छ ।
टोखा नगर पालिकाले यसको पुर्ननिमार्णका लागि एक करोड चार लाख रुपैया बिनियोजन गरेको छ ।
टेण्डर प्रक्रिय बाट कलात्मक रुपमा मन्दिर पुन निर्माण गरी २०७८सालको बैसाष १८गते सम्पन्न गरी हस्तान्तरण गर्ने गरी आज जग साइत गरी निर्माण कार्यलाइ अगाडि बढाइएको स्थानिय समाजसेवी अष्ट नारायण डंगोलले बताए ।
साथे यसको सहजिकरणको लागि श्री सपनतिर्थ छेत्र बिकास समितिको अगुवाइमा जग साइत र दोस्रो थकालिबाट पुजा आजा गरी बिधिवट रुपमा तोखा न पा का मेयर,उपमेयर ,वडाअध्यक्ष ,इन्जिनियर,समितिका पदाधिकारीहरु र आम खलकको सहभागितामा मंगलबार जग पूजा गरिएको छ ।
सपनातिर्थ मन्दिरलाई टोखाकै गहनाको रुपमा बिकाश गर्ने नगरपालिकाको उदेश्य रहेको मेयर प्रकाश अधिकारीले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #पुर्ननिमार्ण हुँदै सपनातिर्थ मन्दिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्