सुन्दर वस्ती बाल क्लबले होर्डिङ बोर्ड राखेर मनायो बाल दिवस
शोभा तामाङ
काठमाडौं भदौ २९ । गण्डकी गाउँपालिका-८ ध्यल्चोक गोर्खाको सुन्दरबस्तीमा रहेको सुन्दर बस्ती बाल क्लबका बालबालिकाहरुले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरि बाल दिवस मनाएका छन्। उनिहरुले जनचेतनामुलक होर्डिङ बोर्ड राखी वातावरण जोगाउँ भन्ने सन्देश दिन खोजेका छन्।
सुन्दर बस्ती बाल क्लबले अघिल्ला वर्षहरुमा पनि बाल दिवस मनाउदै आइरहेका थिए भने यो बर्ष सामाजिक दुरि अपनाइ सुरक्षित साथ बाल दिवस मनाएका छन्।
बालबालिकाहरुलाइ अहिलेको बिषम परिस्थितिमा सुरक्षित रहन र आफ्नो पठन पाठन लगायतका जरुरी कामहरुलाइ समय दिन जस्ता अनुरोधहरु गरिएको सुन्दर वस्ती बाल क्लबका अध्यक्ष सन्देश घिमिरेले बताउनुभयो। यस क्लबमा हाल ६० जना सदस्य तथा पदाधिकारीहरु रहेका छन् भने यस क्लबको आफ्नै भवन निर्माणको चरणमा रहेको छ ।
बिगत २०७१ सालमा स्थापना भइ निरन्तर बालबालिकाहरुको अधिकार र दिगो बिकासको निमित्त यस क्लबले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र यस्तै कार्यहरूलाई अझै सुधार तथा दृढ़ ढंगले निरन्तर लागिरहने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #सुन्दर वस्ती बाल क्लब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्