Techie IT
शुक्रबार, वैशाख १८,२०८३

टोखा ७ मा ७८ जनाको कन्ट्याक्ट ट्रेसिङ


शोभा तामाङ

भदौ २७ काठमाडौं, बढ्दो कोरोना संक्रमणको कारण कोरोना संक्रमितहरुको परिक्षण पश्चात टोखा ७ मा कन्ट्रयाक्ट टेसिङ गरिएको थियो । उक्त कन्ट्रयाक टेसिङमा ७८ जनालाइ पहिचान गरिएको थियो भने आज उहाँहरुको तिलिङ्गटार मा बि मा स्वाव संकलन गरिएको छ। उहाँहरुको रिपोर्ट भने आगामी सोमबार आउने स्वास्थ्य शाखा कर्मचारी सन्तोष कुवरले बताउनुभयो।

यतिबेला टोखा ७ का वडा अध्यक्ष आफै संक्रमित हुनुभएको छ भने यतिबेला होम आइसोलेसनमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उहाँका अनुसार आफू प्रत्यक्ष उपस्थित हुन नसकेपनी आफुले सन्चार माध्यमबाट सम्पुर्ण जानकारीहरु लिइराखेको र आवश्यक निर्देशन तथा सहयोग गरिराखेको जानकारी दिनुभएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्