नेपालमा पहिलो पटक अनलाइनमा समाचार हेर्न पैसा लाग्ने
काठमाडौं । अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अनलाइन संस्करण अर्घाखाँची डट्कमलाई सशुल्क (पेड) सब्सक्राइबमा शुरुवात गरेको छ ।
प्रालीले आफ्नो नेपाली अनलाइन संस्करण अर्घाखाँचीडट्कमलाई डिजिटल सशुल्क (पेड) सब्सक्राइब प्रणालीमा शुरुवात गरेको हो । योसँगै पत्रीका किनेर पढे जस्तै अर्घाखाँची डट्कमका समाचार सामाग्री हेर्न, पढ्न मार्सिक रुपमा पैसा लाग्नेछ । योसँगै नेपालको ईतिहासमा अर्घाखाँचीडट्कमले पहिलो पटक सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गरेको छ ।
नयाँ सशुल्क (पेड) सब्सक्राइब प्रणाली अन्तरगत नेपालका ग्राहकले मार्सिक २ सय रुपैया र बाहिरका ग्राहकले ३ डलर तिरेर सब्सक्राइब गर्न सक्नेछन् ।
डट्कमले भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिता निरन्तरता दिनका लागि तथा विज्ञापन राजस्व गिरावट – संकट परेको, गुणस्तरीय पत्रकारिताको संरक्षण गर्नका लागि सशुल्क (पेड) सब्सक्राइब प्रणालील्प शुरुवात गरेको हो ।
भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिताको स्थिरता सुनिश्चित गर्न सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गर्ने योजना अनुसार पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने डट्कमले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ ।
सन् १९९९ सालदेखि ब्लग र सन् २००६ साल देखिको अन्लाईन संस्करणलाई निरन्तरता दिदै आएको डट्कम नेपालको पहिलो नेपाली भाषामा अन्लाईन संचार-संस्था हो । डट्कमका दैनिक ७० देखि ८० हजार बढी नियमित पाठक छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अन्लाईन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्