टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३५३
टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३५३ पुगेको छ ।
शुक्रबार १४ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३५३ पुगेको हो ।
शुक्रबार ४० जना कोरोना संक्रमितहरू निको भएका छन् । ३५३ जना संक्रमित मध्य हालसम्म १९५ जना निको भैसकेका छन् भने १५५ जना सकृय संक्रमित रहेका छन् ।
भदो २३ गतेसम्म पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएकाहरूको शुक्रवार बेलुकासम्म प्राप्त नतिजा अनुसार थपिएकाहरू वडा नं १ मा २ जना पुरूष, वडा नं ३ मा १ जना महिला र १ जना पुरूष, वडा नं ६ मा ३ जना महिला, वडा नं ८ मा १ जना पुरूष, वडा नं ९ मा १ जना महिला, वडा नं १० मा २ जना महिला, वडा नं ११ मा १ जना महिला र एक जना पुरूष साथै अन्य १ जना पुरूष गरि जम्मा १४ जना नयाँ संक्रमित रहेका छन् ।
ती मध्य १२ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा रहेका छन् ।
वडा नं ४ मा १११ र तिलिङ्टार मा.वि.मा ६४ गरि १७५ जनाको परीक्षणका लागि नमुना स्वाब संकलन गरिएको नगरपालिकाको दैनिक अपडेटमा जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्