चितवनमा थप ८७ जना कोरोना संक्रमित थपिए
"संक्रमितको संख्या १२ सय नाघ्यो"
चितवनमा एकाबिहानै थप ८७ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमित थपिएका छन् ।
भरतपुर अस्पतालमा रहेको कोभिड १९ प्रयोगशालामा गएराती गरिएको ५३३ वटा नमुना रिपोर्ट मध्य ८१ वटाको रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै, ४४६ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।
डा. अधिकारीका अनुसार शनिबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी भरतपुर महानगरपालिका रहेका छन् । यहाँको वर्डा नम्बर एक, दुई, तीन, पाच, छ, सात, नौ, दस, एघार, बाह्र, पन्ध्रका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ५० र महिला २३ जना रहेका छन् । कोरोना संक्रमित हुनेमा तीन बर्षीया बालकदेखी ९० बर्ष उमेरसम्मका बृद्वा रहेका छन् ।
त्यस्तै, कालिका नगरपालिकाको वर्डा नम्बर दुई, सात र आठका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ६ र महिला २ जना रहेका छन् । कोरोना संक्रमित हुनेमा १८ बर्षीया बालकदेखी ५५ बर्ष उमेरसम्मका बृद्वा रहेका छन् ।
त्यस्तै, खैरहनी नगरपालिका वर्डा नम्बर एक, का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष २ र महिला २ जना रहेका छन् । कोरोना संक्रमित हुनेमा २४ बर्षीया युवकदेखी ४८ बर्ष उमेरसम्मका बृद्वा रहेका छन् ।
त्यस्तै, रत्ननगर नगरपालिका १३ र १५ वर्डाका ११ र ४९ बर्षीया दुई महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्ल्समा कोरोना संक्रमितको संख्या १२ सय ३६ नाघेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या जिल्लाभरी १६ जना पुगेको छ ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : ##coronavirus
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्