चितवनमा आज एकैदिन तीन जना संक्रमितको मृत्यु
चितवन । चितवनमा आज एकैैैैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिकाका दुई जना सहित राप्ती नगरपालिकाका एक जना रहेका छन् ।
भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका दुई बस्ने वर्ष ४६ का एक पुरुष र राप्ती नगरपालिकाका एक पुरुष रहेका छन् । उच्च ज्वरो, खोकी र श्वाशप्रश्वाशमा समस्या रहेका रत्ननगरका ती पुरुषलाई कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको हो । गत, भाद्र २५ गते राती १०:३५ बजे अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा उनी मृत अवस्थामा रहेेेका थिए ।
त्यस्तै, राप्ती नगरपालिका ५ बस्ने ६१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उच्च ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या आएर अस्पतालको कोभिड आइ.सी.यु मा भर्ना भएका उनलाई (कोभिड – १९) संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदैँ गएपछि अस्पतालको कोभिड आइसीयुमा राखी भेन्टिलेटरसहित उपचार गर्ने क्रम्मा आज साँझ ७ बजे निधन भएको हो ।
त्यस्तै, आजै रत्ननगर नगरपालिका २ बस्ने ७८ बर्षीया बृद्वाको समेत कोरोना संक्रमण बाट मृत्यु भएको छ । दमको रोगी रहेका ती बृद्वालाई मंगलबार पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको बुधबार दिउँसो उपचारको क्रम्मा कोभिड सघन कक्षमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
उपचारका क्रम्मा मृत्यु भएपछि आज बिहान चितवन मेडिकल कलेजमा गरिएको स्वाब परिक्षणका क्रम्मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृत्यु भएका तीनै जनाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृत्यु हुनेमा सबै भन्दा बढी भरतपुर महानगरपालिकामा मात्रै ९ जना, रत्ननगर नगरपालिकामा ३ जना, खैरहनी र राप्ती नगरपालिका दुई/दुई जना रहेका छन् । त्यस्तै, ११४९ जना संक्रमित रहेका छन् ।
दुई जनाको रिपोर्ट नेगेटिभ ।
यता, खैरहनी नगरपालिका ११ बस्ने वर्ष २२ की महिला र राप्ती नगरपालिका ४ बस्ने वर्ष १८ की किशोरीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालको आइ.सी.यु कक्षमा उपचार गर्दा गर्दै जटिल निमोनियाको कारण मृत्यु भएकी २२ बर्षीया महिला र आज बिहान ९ बजे मृत अवस्थामा आएकी राप्ती की १८ बर्षीया किशोरीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्