Techie IT
शनिबार, साउन २,२०८३

बागलुङ पुगेर बुलन्द आवाजको पहलमा पहिरो पिडितलाई सहयोग


बागलुङ्ग । काठमाडौबाट संचालित भैरहेको लोकप्रिय कार्यक्रम बुलन्द आवाजले बागलुङ्गका  पहिरो पिडितलाई घर घरमै पुगेर सहयोग गरेको छ । बुलन्द आवाजको प्रस्तोता एवं आर.एन बुलन्द मिडियाका अध्यक्ष समेत रहेका राजन नेपाल सहितको टोलीले पहिरो पिडितलाई सहयोग गरेको हो ।

आफ्नो अभियान बाट संकलित रु १,२४,००० हजार रुपैया बागलुङ्गको निशी खोला गाउँ पालिका वडा नं ३,४,५ गरि करिव २५ घरपरिवार लाई प्रति पिडित ५,००० बितरण गरिएको राजन नेपालले साझा पाना अनलाइनलाई बताए ।

यस अघि बुलन्द आवाजले बिभिन्न सामाजिक काम गर्दे आएको छ । पछिल्लो समय तारकेश्वर साङ्गलामा सामुदायीक स्वास्थ केन्द्र निमार्ण गरिरहेको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं। ६, ७, ८ र ९ मा बुधबार राति गएको पहिरोले घरबारविहीन भएको परिवार संख्या ७५ पुगेको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #बागलुङ्ग पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्