वीरेन्द्र साहका हत्या पत्ता लाग्नु सकारात्मक ः महासंघ
काठमाडौ, २६ भदौ । नेपाल पत्रकार महासंघले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ ।
२०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कात्तिक १८ गते बाराको डुमरवान–७ स्थित जंगलमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।
१३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानुनी न्याय प्राप्त हुने र दण्डहीनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासंघको छ ।
महासंघ अभियुक्त पटेललाई कानुनले तोकेबमोजिमको पूरा सजाय दिन र हत्यामा संलग्न रही अझैं फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्दछ ।
सशस्त्रद्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ जना पत्रकारको हत्या भएको छ भने ४ जना पत्रकार बेपत्ताको अवस्थामा छन् । पत्रकारको हत्यामा संलग्नहरुलाई अहिले पनि कानुनअनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चारक्षेत्रले न्यायको अनुभुति गर्न सकेको छैन् ।
पत्रकार हत्यामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्ने र परिवारलाई न्याय दिलाउने कार्यमा महासंघ निरन्तर दबाब अभियानमा छ । यसर्थ, महासंघ पत्रकार हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीहरुमाथि यथाशीघ्र कानुनी कारबाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्