मनमैजु , साङ्ला ,धर्मस्थली सहित तारकेश्वरमा थपिए ११ संक्रमित
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २५१ पुगेको छ । नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६८ र सबैभन्दा कम फुटुङ– ७ मा ३ जनामा कोरोना फैलिएको छ।
त्यस्तै, नेपालटार–११ मा ४२, मनमैजु–८ मा २५, गोलढुङ्गा–४ मा २४, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २८, काभ्रेस्थली–२ मा १३, जितपुरफेदी–३ मा ७, ६ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ निको हुनेको संख्या ३ जना, वडा नं. २ मा १३ जना २ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा २४ जना जसमा ४ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १८ जना जसमा १४ जना निको भएका छन् ।
वडा नं. ६ मा १६ जनामा कोारेना संक्रमण देखिएको छ । वडा नं. ७ मा आज ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वडा नं. ८ मा २५ जना ६ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २८ जना र निको हुनेको संख्या ३ पुगेको छ । वडा नं. १० मा ६८ जना जसमा २२ जना निको भएका छन् ।
तारकेश्वर नगरपालिकामा ९९८ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । नगरपालिकामा १२७ जना होम आइसोलेसनमा बसेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा थपिए ११ संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्