रोटरी क्लब अफ काठमाडौं नर्थले रक्तदान कार्यक्रमको आयोजना गर्दै
काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि भाद्र २७ गते शनिबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवासमा अवस्थित मनास्लु वल्र्ड स्कुलको प्राङ्गढमा अन्य संस्थासँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष गौतम प्रसाद खनालले जानकारि दिए ।
कोरोना भाइरस (कोभिड १९) ले विश्व मानव जगतमा नै उत्पन्न गरेको अहिलेको विषम परिस्थितिका कारण कतिपय अस्पतालहरुमा रगतको अभाव देखिएकाले यस्तो आभावलाई केही हदसम्म कम गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।“सर्भिस अवोभ द सेल्फ” अर्थात निजी स्वार्थ भन्दा माथि उठेर सेवा गरौं भन्ने रोटरीको मुल मन्त्रलाई आत्मसाथ गदै आफ्नो क्लबले सामाज सेवा ,सामाजिक सदभाव र राष्टिय हित अनुकुलका कार्यलाई आफ्नो धर्म ठानी क्लब स्थापनाकालदेखिनै यस्ता कार्यहरु गदै आएको अध्यक्ष खनालले जानकारी दिए ।
जया मल्टिपल क्याम्पस मकलबारी भद्रबास, त्रवेणी युथ क्लब भद्रबास ,हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था , बालसंसार सेकेन्डरी स्कुल, मकलबारी र त्रियोकाब बचत तथा ऋण सहकारी संस्था सह–आयोजक रहेको उक्त रक्तदान कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाको प्रमुख आतिथ्यता रहने आयोजक संस्था रोटरी क्लब अफ काठमाडौं नर्थका सदस्य रोटरीयन श्याम नगरकोटिले बताए ।
संक्रमणको जोखमलाई मध्ये नजर गदै स्वास्थ्यका मापदण्डहरुको पालना गरि विहान १० बजेदेखी दिउँसो १ बजेसम्म कार्यक्रम आयोजना गरिएकाले अफू पनि सचेत बन्दै समयमै उपस्थित भइ स्वस्फुर्त रुपमा रक्तदान गरिदिनु हुन पनि अयोजक संस्थाले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान, #रोटरी क्लब अफ काठमाडौं नर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्