संक्रमित १२४६, काठमाडौ आज मात्र ५७२
काठमाडौ । आज बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाजागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर फर्किएका छन्। हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म मृतक ३१७ जनामा कोरोना पुष्टि भएको छ। २१ जनाको विभिन्न अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ८ लाख १० हजार बढीको पिसिआर परीक्षण भएको छ।
काठमाडौँ उपत्यकामा ५७२
पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या एकै दिन उपत्यकामा देखिएको सबै भन्दा बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा ४९५ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जना गरी कुल ५७२ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यकाका जारी निषेधाज्ञा खुकुलो भएकै दिन अहिलेसम्मकै बढी संख्यामा संक्रमित फेला परेका हुन् ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्