भदौ २६ बाट तारकेश्वर नगरपालिकाको सम्पूर्ण सेवा सूचारु हुने
काठमाडौं । तारकेश्वर नगरपालिकाले यही भदौ २६ गतेबाट सम्पूर्ण सेवा सूचारु गर्ने भएको छ । सुरक्षा मापदण्ड अनुसार सेवा प्रवाह गर्ने प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद लम्सालले साझा पाना अनलाइनलाइ बताए ।
यस अघि उपत्यकाभित्रका स्थानीय तहहरूले अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका थिए । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ुनगरपालिका मेयर फोरमुको बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय लिएको बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #सेवा सूचारु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्