भोको पेटलाइ खाना खुवाउदै नेपाल शेर्पा विद्यार्थी संघ
भदौ २४ काठमाडौं, बिश्वमै बढ्दो महामारीको रुपमा रहेको कोरोना संक्रमण नेपालमा पनि तिब्र रुपमा बढ्दो क्रममा रहेको छ। सोही संक्रमण रोकथामको निमित्त सरकारी स्तरबाट गरिएको लकडाउनको कारण निम्न आयस्तर भएका नागरिकहरुको अवस्था ज्यादै दयनीय भएको छ भने बिहान बेलुकाको रोजगारी धान्न उनिहरुलाइ धौ धौ परिरहेको छ।
त्यसैले कति मानिसहरू भोकभोकै बस्न बाध्य भएका छन्। यस्तै समस्यामा साथ दिन नेपाल शेर्पा विद्यार्थी संगठनले पनि जागरुकता देखाएका छन् । उनिहरुले आज पहिलो दिन बौद्ध, तिनचुली, पिपलबोट, पशुपति, जोरपाटी, नारायणटार, गोकर्ण र टुसाल लगायतका क्षेत्रहरुमा खाना विवरण गर्नुभयो। यो कार्यक्रम तीन दिनसम्म अर्थात भदौ २४ गतेदेखी २६ गतेसम्म चल्नेछ भने सहयोगी हातहरुको साथ मिलेमा भने अझै लम्बिन सक्ने नेपाल शेर्पा विद्यार्थी सङ्गका संयोजक पाशाङ शेर्पाले बताउनुभयो ।

यतिबेला देशै समस्यानै समस्यले गुजि्ररहेको छ। मजदुरहरुको बिचल्ली भएको छ, कोहि आर्थिक समस्यामा फसेको छन् कोहि भोकभोकै छन् कोहि सडकमा आएका छन् भने जताततै केही सिमित ब्यक्तीहरु बाहेक सबै समस्यामा फसेका छन् । त्यसैले हामी सबैले सहयोगी मन लिएर काधमा काध र कदममा कदम मिलाएर अघि बढ्न जरुरी छ
क्याटेगोरी : समाचार
ट्याग : #शेर्पा विद्यार्थी संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्