प्लाज्मा दिने अखिल नेता घर्ति र भुजेलको घोषणा
काठमाडौ । अनेरास्ववियूका दुई नेताले कोभिड १९ का विरामीको उपचारका लागि प्लाज्मा दिने घोषणा गरेका छन ।
कोभिड १९ को उपचारबाट निको भएका अनेरास्ववियूका नेता नारायण घर्ति र प्रकाश भुजेलले कोभिड १९ का विरामीलाई प्लाज्मा दिने भएका हुन ।
उनीहरुले अन्य कोभिड १९ बाट निको भएका व्यक्तिलाई पनि प्लाज्मा दिने उत्प्रेरणा जगाउन अभिया नै संचालन गर्ने भएका छन ।
“कोरोना संक्रमितको उपचारमा केहि सफल मानिएको प्लाज्मा थेरापिको लागि कोरोना संक्रमण मुक्त हुनुभएको ब्यक्तिलाई रक्तदानको लागि उत्प्रेरित गर्ने उद्देश्यले म नारायण घर्ती र प्रकाश भुजेल लगायत सकृय रहने निधो गरेका छौं ” उनीहरुले सामाजिक सञ्जालमा भनेका छन ।
दिर्घरोग र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुहुने बाहेक आम मानिसले सबल आत्मबल र स्वास्थ आहार बिहारद्वारा नै कोरोना पराजित गर्न सकिने बिश्वास उनीहरुले लिएका छन । दुवैले आफूलाई माया गरेर स्वास्थ्य लाभको कामना गर्नु हुने सम्पुर्ण सबैलाई हार्दिक आभार प्रकट समेत व्यक्त गरेका छन् ।
“ यो रोग संग सरकार र जनता दुबै शक्ति संयुक्त भयर नै लड्ने हो र अनि मात्र यो रोगलाई पराजित गर्न सकिछ, ” उनीहरुले भनेका छन, “ त्यसैले कोरोना मुक्त समाजका लागि र कोरोना मुक्त मानब जातिका लागि हो । यो अभियान शुरु गरेका छौं । तपाई सम्पूर्णलाई यो पबित्र उद्देश्यलाई साथ, सहयोग र प्रचारप्रसार गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । ”
कोभिड १९ नियन्त्रण र रोकथामको जनचेतना जगाउँदै गर्दा दुवै जना संक्रमित भएका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #अखिल नेता घर्ति र भुजेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्