विपीले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्छ : लक्ष्मण शाही
काठमाडौं । नेपाली कांग्रेस जुम्लाका भ्रातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्ने बताएका छन् । पार्टीका युवा नेता समेत रहेका उनले विपीले कांग्रेसमा त्याग, तपस्या र उदारताको पाठ सिकाएकाले त्यसलाई सबैले मार्गदर्शनका रुपमा लिनुपर्ने उनको भनाई छ ।
विपीको १ सय ७ औं जन्मजयन्तीको अवसरमा उनले भने ‘नेपाली कांग्रेसप्रति जनताको झुकाव अझै पनि छ, कांग्रेस बलियो भएको हेर्न चाहने नागरिकको ईच्छालाई नेतृत्वले ख्याल गर्नुपर्छ ।’ यो अवसरमा पार्टीले ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । २०१५ सालमा प्रथमपटक जननिर्वाचित प्रधानमन्त्री भएका उनले छोटो समयमा पनि देश र जनताको पक्षमा राम्रो काम गरेको उदाहरणीय बनेको उनको भनाई छ ।
तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विपीको सरकार २०१७ पौष १ गते ढलेको थियो । विपीले पटकपटक गरी १२ वर्ष जेल जीवन बिताएका थिए । भारतको बनारसमा १९७१ साल भदौ २४ गते जन्मिएका उनले २०३३ सालमा नेपाल फकिँदा लिएको राष्ट्रिय मेलमिलापको नीति अझै पनि सान्दर्भिक रहेको छ । नेता शाहीले नेपाली कांग्रेसले यो बेला जनताका हरेक विषयमा आवाज उठाउनुपर्ने उनको सुझाव छ ।
भारतको स्वतन्त्रता आन्दोलनको लागि पनि सक्रिय रहेका उनले १ सय ४ वर्षे जहानिँया राणा शासन ढाल्न पनि विशेष भूमिका निर्वाह गरेका थिए । शाहीले कांग्रेसका संस्थापक नेताहरुले पार्टीमा ठूलो योगदान गरेकाले त्यसलाई भुल्न नहुने पनि बताए ।
‘विपीले आफ्नो जीवनमा कहिल्यै पनि स्वार्थको राजनीति गरेनन्, जीवनको अन्तिम क्षणसम्म देशको लागि समर्पित भएर काम गरेको इतिहास छ ’ उनले भने ‘ कांग्रेसको अहिलेको नेतृत्वले पनि विपीको बाटो पछ्याउनुपर्छ र राम्रो कामको अनुशरण गर्नुपर्छ, केवल नाममात्र लिएर उनको वास्तविक सम्मान हुँदैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मण शाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्