कोरोनाको बारेमा प्राकृतिक चिकित्सकको भ्रम फौलाएकोमा संघको आपत्ति
काठमाडौं । कोरोना भाइरसको बारेमा केही व्यक्तिले प्राकृतिक चिकित्सक हुँ भन्दै भ्रम छरेकाले योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आपत्ति जनाएको छ ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ–‘विगत केही समयदेखि पूर्ण शाही लगायत अन्य केही व्यक्तिहरुले प्राकृुतिक चिकित्सक हुँ भनि सर्वसाधारण तथा सञ्चार माध्यमहरुलाई भ्रम पार्ने काम भइरहेको र निजहरुका अभिव्यक्तिहरुले गर्दा जनमानसमा प्राकृतिक चिकित्सा र प्राकृतिक चिकित्सकप्रति नकारात्मक अवधारणा सृजना भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
संघका केन्द्रीय उपाध्यक्ष डा .योञ्जन गैह्रेले बताए अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट प्राप्त भएको तथ्याङक अनुसार उनीहरु प्राकृतिक चिकित्सक नभएको खुल्न आएको छ ।
जनमानसमा प्राकृतिक चिकित्सा र प्राकृतिक चिकित्सकप्रति नकारात्मक अवधारणा सृजना भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उनको भनाई छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योग तथा प्राकृतिक चिकित्सक संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्