एसपी गुरुङको एक्सन : आठ किलो गाँजा सहित दुई जना पक्राउ
चितवन प्रहरीले आठ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लामा जारी निषेधाज्ञाको मौका छोपी विभिन्न उपायहरु अपनाएर लागूऔषध (गाँजा) ओसारपसार गर्ने बिरुद्व कठोर रुपमा उत्रिदै आएका चितवनका प्रहरी प्रमुख नान्ती राज गुरुङले शुक्रबार पुन: ८ किलो ९० ग्राम गाँजा सहित कालिका नगरपालिका वर्डा नम्बर ६ बस्ने बर्ष २१ का अमृत बम्जन र वर्डा नम्बर ७ का बर्ष २१ का सबिन घलेलाई पक्राउ गर्न सफल भएको हो ।


विशेष सुराकीको आधारमा प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीको विशेष टोलीले हिजो (शुक्रवार) दिउँसो अन्दाजी ३:१५ वजेको समयमा कालिका नगरपालिका वर्डा नम्बर ७ स्थित जुटपानी चोकबाट उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले अन्टेस्ट स्कुटर समेत वरामद गरेको छ ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । हिजो शुक्रबार दिउँसो कार्यालय चाँडै बन्द भएको र आज शनिबार परेकोले भोलि मात्रै अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।



यता, लागूऔषध (गाँजा) ओसारपसारमा निक्कै आक्रमक बन्दै आएको चितवन प्रहरीले आफ्नु एकल प्रयासले केही गर्न नसक्ने भन्दै अपराध न्युनीकरणमा नागरिकको समेत उत्तिकै खाँचो रहने बताएको छ ।
यसैक्रम्मा, प्रहरीले लागूूूपदार्थको तस्करी ओसारपसार वा अन्य कुनै प्रकारको अपराधिक गतिविधी भए सो, को जानकारी जिल्ला प्रहरी कार्यालय चितवनको परिचालन कक्षको नम्बर ९८५५०९०१३३ वा ट्रोल फ्रि नम्बर १०० मार्फत सुचना वा जानकारी परिचालन कक्षको (कलर आइडी) नभएको नम्बर ०५६-५२०१५५ मा सुचना दिन समेत अनुरोध गर्दै आएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##चितवन #नेपालप्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्