तारकेश्वरमा दिँउसै अवैध बालुवा तस्करी , नियमनकारी निकायको रहस्यमय मौनता
तारकेश्वर, १८ भदौ । काठमाडौमा यति बेला निषेधज्ञा छ । कोरोना महामारीका कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा ठप्प छ । तर तारकेश्वरमा अबैध बालुवा ढुवानी गन कुनै निषेधज्ञाको प्रभाव छैन । बिगतको बर्ष झै नगरपालिका बाट निकालीने टेण्डर प्रकृया अन्तीम चरणमा रहेको बताइएको छ । तर बिना बिल तारकेश्वरमा अवैध बालुवाको खुल्लेआम बिक्री बितरण हुँदा प्रहरी प्रशासन र नियमनकारी निकायले रहस्यमय मौनता साँधेको पाइएको छ ।
खोलामा विशेषगरि वर्षायाममा बालुवाको अवैध चोरी निकासी सामान्यजस्तै भइसकेको छ । यो समयमा यी खोलाका किनारमा बालुवाको रास मंसिरमा खेतमा हुने परालको कुन्युहरुजस्तै गरि फिजिएको छ । त्यो सबै बालुवा अवैध उत्खनन् भएको थाहा पाएर पनि न त प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छ न त स्थानीय सरकारले नै ।
प्रहरी लखेटोको जस्तो गर्छ अनि पछि फेरी साँठगाठ मिलिहान्छ नाम नबताउने शर्तमा स्थानिय एक युवाले अवैध बालुवा उत्खनन् भएको थाहा पाएर पनि प्रहरी र स्थानीय सरकारले बेवास्ता गरेको अनुभव सुनाए ।
निषेधज्ञा छ तर तारकेश्वर काभ्रेस्थलीमा दिउँसै लाइन लगाएर बालुवाका गाडी हिडेका छन , ति गाँडी संग कुनै बिल भर्पाई पनि छैन । बालुवाको गाडी हिड्ने समयमा प्रहरी वरीपरिनै आउदैन ।
यसरी तस्करी भएको बालुवा प्रति टिप पाँच हजार देखी दश हजार सम्म बिना बिला बिक्री भैइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा दिँउसै अवैध बालुवा ढुवानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्