देशभर १२२८ संक्रमित, उपत्यकामा मात्रै ४४५ थपिए
⚪ पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज ⚪ नेपालमा कोरोनाबाट ४२८७७ जना संक्रमित
काठमाडौं– नेपालमा २४ घण्टामा थप १ हजार २ सय २८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित हुनुभएको छ ।
१३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गर्दा पुरुष ८ सय ३४ र महिला ३ सय ९४ गरी जम्मा १ हजार २ सय २८ जना संक्रमित हुनुभएको हो ।
योसँगै नेपालमा कोरोनाबाट ४२८७७ जना संक्रमित हुनुभएको छ ।
काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ४ सय ४५ जना संक्रमित हुनुभएको छ । काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित हुनुभयो ।
पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएसँगै आजसम्म २४२०७ जना कोरोनाबाट निको हुनुभएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८४१३ रहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोभिड १९, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्