प्रदेश युवा सम्मेलनको सम्पुर्ण तयारी पुरा
भदौ १९ र २० गते सम्मेलन हुँदै ।
इटहरी : नेपाल युवा परिषद्को आयोजनमा प्रदेश १ स्तरीय भर्चुअल युवा सम्मेलन हुने भएको छ । भदौ १९ र २० गते जुम मार्फत् हुने सम्मेलनमा प्रदेश १ का २ सय बढि युवाको सहभागीता रहने परिषद्को प्रदेश १ संयोजक ममिता भण्डारी (मिस्टि) ले जानकारी दिनुभयो । उहाँका अनुसार सो सम्मेलनमा उदयपुरको बेलका नगरपालिका, रौतामाई नगरपालिका र धनुटाको धनकुटा नगरपालिका तथा प्रदेशमा रहेका अन्य ४० भन्दा बढि संस्थासँग समन्वय गरेर कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
विगत ९ वर्षदेखि नेपाली युवाको क्षेत्रमा अनवरत रुपमा काम गर्दै आएको नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन २०२० तथा सुदरपञ्चीम प्रदेश र गण्डकी प्रदेशको प्रदेश सम्मेलन सम्पन्न गरेको छ । प्रदेश १ मा भने नेपाल युवा परिषद्को यो तेस्रो सम्मेलन हो । सन् २०१८ बाट निरन्तर सम्मेलन हुँदै आएको प्रदेश १ मा यो वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा गर्न लागिएको हो ।
‘सुशासन’, ‘निर्वाचनमा युवाको भुमीका’, ‘जालवायु परिवर्तन’ र ‘ कृषि उद्यमशीलतामा युवा’ कार्यक्रमको मुख्य विषयवस्तु रहेका छन् । विभिन्न वक्ताले ति विषयवस्तुमा रहेर आफ्ना विचार प्रस्तुत गर्ने नेपाल युवा परिषद् प्रदेश १ ले जानकारी दिएको छ ।
यस अघि २०१८ मा सुनसरीको इटहरी र २०१९ मा मोरङको विराटनगरमा प्रदेश १ का सम्पुर्ण स्थानिय तहको प्रतिनिधित्व हुनेगरि युवाहरुको उपस्थितिमा कार्यक्रम गरेको परिषद्ले कोरोना महामारीलाई ध्यानमा राखेर भर्चुअल रुपमा गर्न लागेको हो । सम्मेलनको बारेमा विहिबार सहजिकरण कार्यक्रम गर्ने नेपाल युवा परिषद्ले जानकारी दिएको छ ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्