सांसदहरुद्धारा तारकेश्वर साङ्गलाको आइसोलेसन अवलोकन
काठमाडौं ,भाद्र १६। सुजित पुडासैनी / उषा फुयाँल
तारकेश्वर नगरपालिका वडा नं १ मा रहेको सामुदायिक अस्पतालमा स्थापना गरिएको आइसोलेसन केन्द्रको प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्यहरुले निरीक्षण गरेका छन।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण राई,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने , बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले सो आइसोलेसन केन्द्रको निरीक्षण गरेका थिए।
तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल ,प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल , स्वास्थ्य शाखा प्रमुख जनार्दन अधिकारी लगायतको उपस्थितिमा ५० बेड क्षेमताको सो आइसोलेसन केन्द्रको निरीक्षण गरिएको थियो।

करिव ७ रोपनी क्षेत्रफल रहेको सो सामुदायिक अस्पताललाई नगर अस्पतालका रुपमा विस्तार गर्नका लागि बागमती प्रदेस सरकारलाई अनुरोध गरेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले हाल १४ बेड तयार गरिएको सो केन्द्रमा ५० भन्दा बढी बेड राख्न सकिने तयारी गरेको जानकारी दिएका छन।
नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले आइसोलेसन केन्द्रमा तत्काल ५० बेड रहने जनाए । यद्यपी आइसोलेसन केन्द्र हालसम्म सुरु गरिएका छैन । भने कोही पनि संक्रमितलाई नगरले आफ्नो आइसोलेसनमा राखेको छैन ।

तारकेश्वर नगरपालिकामा हाल सम्म १०५ संक्रमित रहेको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख जनार्दन अधिकारीले ५५१ जनाको PCR परिक्षण गरिएको बताएका छन।
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने २५ जनाले कोरोनालाई जितेका छन।
(सुजित पुडासैनी / उषा फुयाँल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरको सुरु नभएको आइसोलेसन, #साङ्गलाको आइसोलेसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्