रत्ननगरमा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला
चितवन । पूर्वीचितवनको रत्ननगरमा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार नाम, थर खुल्न नसकेका माडी घर भई रत्ननगर नगरपालिका ४ भोकाहा बस्दै आएका अन्दाजी बर्ष २५/२६ का एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको हो । ती पुरुष माडीका कामदार रहेको खुलेको छ ।
प्रहरी प्रमुख रविन कार्कीका अनुसार रत्ननगरको टाँडी चोकमा निर्माणाधीन अवस्थामा रहेको आकाशेपुलमा नरिवलको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शव देखेपछि बिहान अन्दाजी ४:३० बजेको समयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबर पाएलगत्तै घट्नास्थल पुगेका प्रहरीको टोलीले उनको मृत्यु अन्दाजी साँढे एकदेखी साँढे दुई वजेको बिचमा हुन सक्ने आँकलन गरेको छ । अहिले प्रहरीले मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागी भरतपुर अस्पताल लगेको र त्यहा बाट रिपोर्ट प्राप्त भए पश्चात् घट्नाबारे थप खुल्ने उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको कर्तब्य ज्यान नभई आफैं झुन्डिएको हुन सक्ने बताइएको छ । यता, स्थानीयले भने – ती युवाको घाँटीमा नरिवलको डोरी देखिएको तर, घुँडाले भुईंमा टेकेको अवस्थामा शव रहेकाले आत्महत्या नभई हत्या हुनसक्ने आशंका गरेका छन् । यद्यपी, प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चितवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्