२४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा महत्तरी, गोर्खा, झापा, चितवन, रौतहट र भक्तपुरका छन् । यो सँगै नेपालमा कुल मृतकको संख्या २२८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार ३ जना महिला तथा बालबालिकासहित ७ जना संक्रमितको मृत्यु भएको हो ।
यसैबीच सोमबार देशभर ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।
११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
जम्मा संख्यामध्ये पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमितको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्