संखुवासभामा ७ प्रहरी सहित थप ९ जनामा कोरोना पुष्टि
खाँदबारी क्वारेन्टाईनमा रहेका २ जना संक्रमितहरु एक साता अघि बुटवलबाट आएका थिए ।
खाँदबारी, १५ भदौ
संखुवासभामा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयका २२, २२, २३, २५, २७ र ४१ बर्षका ६ जना पुरुष प्रहरीमा कोनोना संक्रमण भएको छ भने प्रहरी कार्यालयकै क्यान्टिनमा कार्यरत २२ वर्षिया महिला र खाँदबारी क्वारेन्टाईनमा रहेका २० र २६ वर्षका पुरुष २ सहित ९ जनामा जनस्वास्थ्यप्रयोगशाला विराटनगरमा गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
खाँदबारी क्वारेन्टाईनमा रहेका २ जना संक्रमितहरु एक साता अघि बुटवलबाट आएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको र संक्रमित पुष्टि भएकाहरुको सम्पर्कमा आएका सबैको खोजि गर्ने कार्य प्रारम्भ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसअघि संखुवासभामा १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ८ जना उपचार पछि घर फर्किसकेका छन् भने ९ जनाको सदरमुकाम खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा उपचार भईरहेको छ ।
क्याटेगोरी :
ब्रेकिंग न्युज,
समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #hot, #कोभिड १९, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्