चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु
माछा चोर्न गएका दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका ८ सल्यानी टोलमा स्थानीय चुडामडी शर्मा सहित अन्य चार जना ब्यक्तिले संचालन गरेको माछापोखरीमा पुगेर माछा चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका ८ बस्ने अन्दाजी ३५ बर्षिया नवराज दराई र निर बहादुर रानामगर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले माछा मार्न प्रयोग हुने जाली समेत फेला पारेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रम्मा दैनिक माछा चोरी हुने क्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको छ । शवको मुचुल्का उठाउने काम भइरहेको र परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । मृतकको पोष्टमार्टम पछि थप कुरा पत्ता लाग्ने र यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्