नुवाकोटको ओखरपौवामा साइकलमा आएका गँजेडीद्धारा दिउँसै घर चोरी
नुवाकोटको ओखरपौवामा दिनडाहाडौ चोरी भएको छ । ओखरपौवाको जलुकीनी गाउँको शिबराम फुयाँलको घरमा चोरी भएको हो ।केही दिन अगाडी दिउँसो करिब १ बजे घरको ताल्चा फोडी ३ लाख पचास हजार रुपैया नगद र ४ तोला सुन चोरी भएको पिडित शिवराम फुयाँलले बताएका छन । आफुहरु खेतीको काममा मस्त भएको र छोरा बुहारी बजार गएको मैका पारी चोरी भएको उनी बताउछन । उनका छोरा दिनेश बजार जाने क्रममा सो गजडीहरुलाई बाटोमा भेटेको र काहाँ भनेर सोध्दा गाँजा खोज्न गाँउ पसेको दिनेश फुयाँल बताउछन ।
सो गजेडीहरु काठमाडौको डल्लुमा बस्ने गरेको र बेलाबखत साइकलमा गाउँ आउने गरेको स्थानिएको भनाई छ । गँजेडीहरुले घरमा गाजाँ खोज्ने क्रममा धनमाल चारी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । तिनपिप्ले प्रहरी बिटमा राखिएको सि.सि क्यामेरालाई समेत छली फेदी हुदै सो गजेडीहरु फरार रहेको र खोजी कार्य तिब्र बनाइएको प्रहरीको भनाई रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ओखरपौवा, #घर चोरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्