शिवपुरी गाँउपालिकामा पिसिआर परिक्षणका लागि ३१४ जनाको स्वाब संकलन
शिवपुरी गाँउपालिकामा गत भदौ ८ गते ६७ जना गरिएको पिसिआर टेष्टमा ७ जना व्यक्तिमा कोरोना भाईरस संक्रमणको पुष्टि भएपछि समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिनका लागी आज थप ३१४ जनाको कोरोना परिक्षणका लागी नमुना संकलन गरिएको छ।
संक्रमित हुनेहरुमा वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा ३ जना र गाँउपालीकाको एक थिए।। संक्रमितको ट्राभल हिस्ट्री र सम्पर्कमा आएका व्यक्तिको विवरण पत्ता लगाई गाँउपालिका, स्वास्थ्य संयोजक तथा जनप्रतिनिधिको सहयोगमा स्वाब संकलन भएको छ।
गाँउपालिकाको वडा न ३ र गाँउपालिकाको कार्यालय गरी दुई केन्द्रमा स्वाब संकलन गरिएको हो । वडा न. ३ मा १२६ र गा. पा भवनमा १८८ गरी कूल ३१४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य संयोजक हेम श्रेष्ठले बताउनु भएको छ। संकलित स्वाब परिक्षणको लागी प्रयोगशाला पठाईएको र रिपोर्ट ३ देखि ५ दिनमा आउने पनि श्रेष्ठले बताउनु भएको छ।
आज थप १,२२१ सहित नेपालमा अहिलेसम्म ३८,५६१ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ भने २२१ जना व्यक्तिको मृत्यु भैसकेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्