काभ्रेस्थलीमा एकै परिवारमा ४ जनामा कोरोना पुष्टी ,घर तथा चर्च शिल
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा एकै परिवारमा ४ कोरोना पुष्टी भएको छ ।
पद्मशाल टोल अन्र्तगतको एकघर परिवारलाई कोरोना संक्रमण भएको हो ।
एकै परिवारमा ४ जनालाई कोरोना पुष्टी भएपछि वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सीको नेतृत्वमा स्थानिय समाजसेवी , स्वास्थ शाखा प्रमुख ,धर्मस्थलि चौकीका प्रतिनिधि ,पद्मशाल टोलशुधार समितिका अध्यक्ष अर्जुन तामाङ्ग सहितको रोहबरमन पद्मशामन रहेको घर तथा चर्च शिल गरिएको छ ।
सो स्थानमा संक्रमण देखीएसंगै कन्ट्रयाक ट्रेसीङ्ग गरि थप सुरक्षा सर्तकता अपनाउने वडा अध्यक्ष रबिन्द्र के.सीले साझापानालाई बताए ।

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५ जना पुगेको छ ।
नगरमा संक्रमितको संख्यामा अघिल्लो हप्तादेखि दैनिक रुपमा वृद्धि हुने क्रम बढेको छ । सोमबारसम्मा उक्त संख्यामा कोरोना फैलिएको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ। त्यसमध्ये निको हुनेको संख्या २५ मृत्यु हुने एक, सक्रिय संख्या ७९ रहेको छ। त्यस्तै ५ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ३८ जनाको कन्टयाक ट्रेसिङ पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलीमा एकै परिवारमा ४ कोरोना पुष्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्