संखुवासभाको हिमालय किरण क्याम्पसमा ५० बेडको आइसोलेसन कक्ष निर्माण
संखुवासभामा पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढेपछि जिल्ला अस्पताल खाँदबारीले ५० बेडको आईसोलेसन कक्ष निर्माण गरेको छ । खाँदबारी नगरपालिका ७ मा रहेको हिमालय किरण पब्लिक क्याम्पसको भवनमा सनिबार ५० बेडको आईसोलेशन कक्षको निर्माण गरिएको हो ।
यस अघि उक्त क्याम्पसमा १० बेडको मात्र आईसोलेसन कक्ष बनाईएको थियो । सोहि कक्षमा अहिले ८ जना संक्रमितहरुको उपचार भईरहेको छ । यस अघि ४ जनाको यहि आईसोलेसनमा राखेर उपचार गरि घर पठाईएको छ । पछिल्लो समय संक्रमितहरुको संख्या बढ्न थालेपछि आईसोलेसनको क्षमता बढाउनु परेको खाँदबारी अस्पतालका निमित्त मेसु शुन्दर श्याम झाले जानकारी दिनुभयो । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए आईसोलेसन कक्षा तत्काल आवश्यक पर्ने भएकोले पनि ५० बेडको आईसोलेसन निर्माण गरिएको झाले बताउनुभयो ।
हिमालय किरण क्याम्पसमा यस अघि बनाईएको १० बेड क्षमताको आईसोलेसन वार्डमा तोडफोड गरिएको थियो । केहि बिवादका विच अहिले पनि सोहि क्याम्पसमा आईसोलेसन कक्षको क्षमता विस्तार गरिएको हो । आईसोलेसन कक्षमा तोडफोड हुँदा १४ लाख रुपैयाँ बराबरको क्षति पुगेको खाँदबारी अस्पतालले बताएको थियो । तोडफोडमा संलग्न भएको आरोपमा क्याम्पस प्रमुख सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु मध्ये दुई जनामा सनिबार कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको पनि सोहि आईसोलेसन कक्षमा उपचार भईरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना भाइरस, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्