टोखा २ मा स्वयम सेवकमा खटिएका युवाहरूको बिमा प्रस्ताव
नविना श्रेष्ठ
विश्वव्यापी महामारी covid-19 तिनका कारणले नगरपालिकामा पर्न गएको असरलाई मध्यनजर गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा टेवा पुर्याउने उद्देश्यका साथ टोखा नगरपालिका वडा नं 2 मा गठिक शान्ति सुरक्षा उपसमितिमा विभिन्न क्लब संस्था हरुबाट स्वयंसेवकमा खटिनु भएका युवा सदस्यहरूको बिमाको लागि टोखा नगरपालिका मा प्रस्तावित नामावली बुझाएको शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले जानकारी दिनुभयो।
टोखा नगरपालिका वडा नं २,३ मा सचेतनाका लागि शान्ति सुरक्षा उपसमितिको तर्फबाट सक्ने जति सुरक्षा दिन निरन्तरता जारी रहेको हेरकाजी डंगोलले बताए।
टोखा बासी सबैमा सतर्कता अपना औं सुरक्षित रहौं भने नारा बोकी आज बिहान वडा नं २,३ मा टोल- टोलमा माइकिङ् गरेको थियो। टोखा नगरपालिका वडा नं २का अध्यक्ष दिपक राज जोशी लगायत शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोल र उपसमितिका सदस्यहरु अष्ट श्रेष्ठ, रामलाल महर्जन, विक्रम डंगोल, सबै एक साथमा टोखा बसीहरुलाई माक्स बाढेको थियो।
रोग लाग्नु भन्द रोग लाग्नै नदिनु हामी सबैको खुसीको कुरा हो त्यसैले सबै जनालाई घरमै बसौ, सुरक्षित रहन टोखा नगरपालिका वडा नं २ सदस्य, शान्ति सुरक्षा उपसमितिका अध्यक्ष हेरकाजी डंगोलले सबैमा आग्रह गर्नुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा २
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्