जनमैत्री अस्पताल प्रयोगविहीन अवस्थामा पुग्दै गर्दा फेरि सञ्चालनमा आउने
कुनै बेला राजधानीको चर्चितमध्ये एक अस्पताल जनमैत्री अस्पताल अहिले प्रयोगविहीन अवस्थामा पुग्दै गर्दा फेरि सञ्चालनमा आउने भएको हो। व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको हो।
जनमैत्रीसहित काठमाडौंकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल रहेका छन्। बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए।
अत्याधुनिक भवन र ३ सय शैय्या क्षमता भएको अस्पताल सञ्चालनमा आउने भएसँगै बढ्दो कोरोना भाइरस जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अध्यक्ष रिजालले विश्वास व्यक्त गरे।
सरकारले तत्काल कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको हो। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सूचीकृत गरेको बताएका छन्।
अस्पताल सञ्चालन गर्न आग्रह गर्दै प्रेषित पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई पनि बोधार्थ गरिएको थियो।
महानगरकै पहल र चासोमा सरकारले कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको हो। अहिले कोभिड अस्पताल हुने र निकट भविष्यमा पूर्णरुपमा अस्पताल सञ्चालनमा आउने रिजालले बताए।
मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार ९ सय ५७ र ६ ४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको समेत छ।
क्याटेगोरी : समाचार
ट्याग : #जनमैत्री अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्