प्रदेश नं ५ मा सङ्क्रमित ६ हजार
प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷(१ जना रहेका छन् । प्रदेशमा चार हजार सात सय तीन जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
सूचना अधिकारी पौडेलकाअनुसार सङ्क्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टिनमै बसेका छन् । अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #province 5 corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्