जनतालाई आत्मबल बढाएर घरमै बस्न वडा अध्यक्ष बिदुर सापकोटाको आग्रह
-विपीन बोहरा/ मेनुका कार्की
अहिले कोभीड-१९ को पर्भाब बिश्व भर परेको छ। यसको पर्भाब नेपालमा पनि उतिकै परेको छ। नगरवासीलाई आफ्नै घरभित्र आत्मबल बढाएर सचेत भएर बस्नु र कसैलाई केही समस्या परेमा वडामा वा नगरपालिका अथवा जनप्रतिनिधिलाई सम्पर्क गर्न सक्नुहुनेछ र उहाँहरू द्वारा सक्दो सहयोग गर्ने तारकेश्वर १ का ओडा अध्यक्ष्य विदुर सापकोटा ले बताएका छन्।
नगरपालिका दृारा आइसोलेसन को लागि सय बेड को आइसोलेसन सेन्टर तयार गर्न सक्दो प्रयास भइरहेको बताएका छन्। अरु कुनै वडामा होटेल नभएको र वडा नम्बर 5 गोलढुङ्गा र जितपुरफेदिमा मत्रै होटेलहरु भएको कारणले त्यहाँ भएको होटेल हरुलाई आइसोलेसन सेन्टरमा परिवर्तन गर्न अनुरोध गर्ने बताएका छन्।
यसको साथै नगरवासीलाई होम आइसोलेसन को लागि पनि अनुरोध गर्ने भनिएको छ। होम आइसोलेसन को लागि प्रत्येक नगरवासीले आफ्नो घरमा एक देखि दुइ कोठा छुट्टाएर राख्न पर्ने र राखेको बमोजिम आइसोलेसन मा बसेको प्रत्येक व्यक्तिलाई एकमुष्ठ 5000 माक्स र स्यानिटाइजर नगरपालिकाद्वारा प्रदान गरिने निर्णय गरिएको बताएका छन्।
यदी नगरवासी हस्पिटल वा नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा बस्न नमानेको खण्डमा उहाँहरुलाई होम आइसोलेसन मा राखिने बताएका छन्। यसका साथै उहाँले यस्तो समयमा जनता डराउनु स्वभाविक भएको र नगरपालिकाले केही नगरेको लाग्नसक्ने भएकोले यस्तो सोच नराख्न नगरवासी सँग आग्रह गर्नुभएको छ। उहाँको अनुसार जनप्रतिनिधिहरु आफै पनि खटिरहेका छन् साथै सुरक्षाकर्मीहरुलाई पनि सबै ठाउँमा खटाई आइरहेका छन् |
त्यसको साथै नगरपालिकाले संक्रमित भेटेको टोल वा एरियामा सिल गर्ने कार्य गर्दै आएको बताएका छन्। सरकारद्वारा निषेधाज्ञ जारी गरिएको बेला नगरवासीलाई अत्यावश्यक कामबाहेक बाहिर निस्किन भनेर सचेत र जन चेतना फैलाउने काम पनि गरिएको बताउनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #वडा अध्यक्ष बिदुर सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्