स्थानीय प्रशासनको काम चुस्त नदेखिएको भन्दै फुटुंगका युवाहरुको ११ बुँदे ध्यानाकर्षण
तारकेश्वर नगरपालिका वडा नं ७ फुटुंगका स्थानीय युवाहरुले कोरोना भाइरस नियन्त्रणमा स्थानीय प्रशासनको काम चुस्त नदेखिएको भन्दै वडा कार्यालयमार्फत जनप्रतिनिधिहरुलाई सजग गराएका छन् ।
स्वास्थ्यका मापदण्डको ख्याल नभएको भन्दै युवाहरुको समूहले कडाईका साथ मापदण्ड पालना गर्न, पसलका सञ्चालकले ग्राहकलाई स्यानीटाइजर र साबुनपानीले हात धुने व्यवस्था गराउनुपर्ने बताएका छन् । व्यापार व्यवसाय गर्दा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नुपर्ने पनि उनीहरुको सुझाव छ ।
उनीहरुले विभिन्न चरणको डिजिटल छलफलपश्चात ७ नं वडा कार्यालयमा कोरोना नियन्त्रणका लागि ११ बुँदामा सुझाव दिएका हुन् । उनीहरुले नगरपालिकामा विपद व्यवस्थापन समिति बन्नुपर्ने र कोभिड नियन्त्रणमा त्यसलाई सक्रिय गराउनपर्ने माग गरेका छन् । उक्त समितिमा टोल सुधार समितिका मानिस, युवा स्वयंसेवक तथा बौद्धिक वर्ग लगायतलाई सहभागी गराउन उनीहरुले माग गरेका छन् ।
११ बुँदे ध्यानाकर्षण गराउने युवाहरुमा शैलेन्द्र अधिकारी, सुशील थापा, रमेश केसी, महेश्वर रावल, श्रीराम केसी, सचिनविक्रम कुँवर र दिनेश प्रधान रहेका छन् । उनीहरुले ज्ञापनपत्रको बोधार्थ तारकेश्वर नगरपालिका, वडा प्रहरी कार्यालय, सबै राजनीतिक दलका प्रतिनिधि लगायतलाई पनि दिएको समूहका एकजना अभियन्ता श्रीराम केसीले जानकारी दिए ।
समूदायस्तरमा कोरोना संक्रमण बढेसँगै त्यसबाट जोगिन स्थानीय समुदाय नै सक्रिय हुनुपर्ने भन्दै यस्तो पहल थालेको उनको भनाइ छ ।
११ बुँदे सुझाव सहितको ज्ञापनपत्र



क्याटेगोरी : समाचार
ट्याग : #फुटुंगका युवाहरुको ११ बुँदे ध्यानाकर्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्