संखुवासभामा आज देखि एकसाता निषेधाज्ञा
कोभिड १९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजारबन्द, अत्यावश्यक बाहेक हिडडुल बन्द गरिने छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ ।
संखुवासभामा शुक्रबारपनि कोरोना संक्रमण थपिएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । यसअघि प्रशासनले १० दिन यो जिल्ला लकडाउन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्