साङ्ला बालकुमारी स्कूलमा बर्थिङ् सेन्टरलाई सारिने
तारकेश्वर नगरपालिकाले साङ्लाको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन भवन बनाउने निर्णय गरेसँगै त्यहाँ सञ्चालन भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र र बर्थिङ् सेन्टरलाई सारिने भएको छ ।
आइसोलेसनमा राखिएका कोरोना संक्रमितबाट त्यहाँ दैनिक आउने बिरामीहरुमा संक्रमण फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य केन्द्रलाई वडा नं १ सँगै रहेको साङ्ला बालकुमारी स्कूलमा सार्ने गरि पत्राचार गरिएको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले तारकेश्वर अनलाईनलाई जानकारी दिए । तत्कालिन व्यवस्थापनका लागि बर्थिङ् सेन्टरलाई स्कूलमा सार्न लागिएको हो । त्यहाँ केही विवाद आएपनि हामीले व्यवस्थापन गरिसकेका छौं । मेयर बोहोराले भने ।
साङ्ला बर्थिंग सेन्टरबाट भइरहेका कामहरु वडा नं १ को समन्वयमा निरन्तरता दिनेगरि स्थानान्तरण गरिएको हो । तारकेश्वर नगरपालिकामा मात्र ७७ जना कोरोना संक्रमित भइसकेका बेला नगरपालिकालाई आइसोलेसन सञ्चालन गर्न दबाब बढेका बेला साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई खाली गर्न लागिएको हो । नगरभित्र ४६ जना कोरोना संक्रमित होम आइसोलेसनगा बसेका बेला तत्काल नगरले आइसोलेसन व्यवस्थापन नगरे संक्रमण समूदायस्तरमा थप फैलने जोखिम देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्ला बालकुमारी स्कूल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्