काठमाडौंमा ८ हजार आइसोलेसन बेड तयार
काठमाडौंमा ८ हजार आइसोलेसन बेड तयार गरिएको छ। बागमती प्रदेस सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजनमा भाद्र ९ गते नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले काठमाडौंमा आइसोलेसन केन्द्र तयार गर्ने निर्णय गरेको थियो। उक्त बैठकले तिन दिनको समय सिमा निर्धारण गरेर ६ हजार बेड तयार गर्नका लागि उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा सांसद कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ , बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिएको थियो।
सो समितिको भाद्र ११ गते बसेको बैठकमा दुई दिनमा विभिन्न व्यवसायी ,अस्पताल र अन्य क्षेत्रमा अध्ययन गरेर करिव ८ हजार आइसोलेसन बेड संचालन गर्ने तयारी पुरा गरिएको जानकारी दिइएको छ। काठमाडौं ,ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सुविधा र सुरक्षा मापदण्ड सहित कोरोना संक्रमितहरुको व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र तयार गरिएको बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले बताएका छन।
कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि तयार पारिएका आइसोलेसन केन्द्रको भाद्र १३ गते बाट औपचारिक शुरुवात गर्ने जानकारी दिदै निरौलाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका स्थानीय तहले बजेट माग गरेमा प्रदेस सरकारले उपलव्ध गराउने बताएका छन।
स्वास्थ्य मन्त्रालयमा भएको सो समितिको बैठकले उपत्यकामा लक्षण रहित संक्रमितलाई आइसोलेसन केन्द्रमा र जटिल अवस्थाका संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था मिलाउनका लागि विभिन्न सम्भावित स्थानको सुची तयार पारेर सम्झौताको तयारी गरेको छ।
बागमती प्रदेस सरकारले संचालन गर्ने ति आइसोलेसन केन्द्रलाई स्वास्थ्यकर्मी र सुरक्षा प्रवन्ध संघीय सरकारले मिलाउने छ भने संक्रमितहरुको सम्पर्क , सुचना र अन्य व्यवस्थापन स्थानीय सरकारले गर्नेछ।
क्याटेगोरी : समाचार
ट्याग : #८ हजार आइसोलेसन बेड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्