संक्रमणको उच्च जोखिम स्वास्थ्यकर्मी
दैनिक वढ्दै गएको कोरोना सङ्क्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् ।
जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन् । उहाँहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत छन् । सोमध्ये सबैभन्दा बढी वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजका १६÷१६ जना छन् ।
भरतपुर अस्पतालका १५, नारायणी सामुदायिक अस्पतालका तीन, स्थानीय क्लिनिकका तीन र सेन्ट्रल अस्पतालका दुई जना रहेका छन् । त्यस्तै रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पताल र बाहिरी जिल्लाका सरकारी अस्पतालमा काम गर्ने एक÷एक जना स्वास्थ्यकर्मी रहेको पौडेलले जानकारी दिनुभयो । हालसम्मको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी सङ्क्रमित भरतपुर महनगरका २८४, माडीका ५०, रत्ननगरका ३८, राप्तीका ७५, खैरहनीका १७, कालिका नगरपालिकाका पाँच र इच्छाकामना गाउँपालिकाका दुई जना रहेका छन् ।
सङ्क्रमित स्वास्थ्यकर्मी र अरु बिरामी सरकारी अस्पताल, दुई मेडिकल कलेजका अइसोलेसन र घरमै रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी बिरामीबाट अस्पतालमा सङ्क्रमण आएको र स्वास्थ्यकर्मीमा फैलिएको बताउनुहुन्छ । बिरामीमा सङ्क्रमण नहोला भन्ने अनुमान गर्दै स्वास्थ्यकर्मीले सुरक्षाकवज प्रयोग नगर्दा पनि सङ्क्रमण फैलिएको उहाँको अनुमान छ । –––
क्याटेगोरी : समाचार
ट्याग : #issue update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्