देशभर १ हजार १११ जनामा कोरोना पुष्टि, संक्रमित हुनेकाे संख्या ३५ हजार पाँच सय २९ पुग्यो
एकैदिन उपत्यकामा ३७७ जना कोरोनाबाट संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप एक हजार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा तीन सय ३४ महिला र सात सय ७७ जना पुरुष छन् । याे समेत गरेर देशभर हालसम्म संक्रमित हुनेकाे संख्या ३५ हजार पाँच सय २९ पुगेकाे छ । यो अवधिमा १२ हजार ६ सय २९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी बिहीबार पाँच सय ६९ जना संक्रमण जितेर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । संक्रमण निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ७३ छ । त्यसमध्ये ६ हजार दुई सय १० जना होम आइसोलेसन र नौ हजार ६३ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । २४ घन्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९, #breaking, #corona update, #hot, #कोभिड १९, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्