साङ्गलामा १४ करोडमा बनेको करीडोर सडक १ वर्षमै भत्कियो
मेनुका कार्की /विपिन बोहोरा
११भाद्र काठमाडौं काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्लामा कोरिडोर भत्कीएको छ । यो करिडोर पछि गएर रसुवा पुग्ने सुरुङमार्ग मा मिसिने जनाइएको छ। सडक निर्माणको क्रममा बाटोले पुर्णता नपाई एकै बर्षमा भत्किएको छ ।
करोडौं लगानीमा बनेको बाटोको अबस्था र सरोकारवाला निकायको कमजोरी एवं ठेकेदारको लापर्वाहीको र चेक ड्याम लगाउन अनुरोध गरिएको तर प्राविधिक कारणले चेक ड्याम लगाउन असफल भएकोले त्यो बिना नै निर्माण गरिएको अध्यक्ष विदुर सापकोटाले बताए । हाल सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बाटो हस्तान्तरण गरेको करिब ७ महिना मै भत्किएको र अब यस लाई एक वर्ष सम्म भत्किएको खण्ड मा पुन निर्माण गर्न ठेग्ग्ये दार कृष्ण गौतम अनुरोध गरेको बताएका छन् | सडक विभागको इन्जिनियर अशोक शाक्य ज्यू लाई सम्पूर्ण जानकारी गरिसकेको र यसलाई तत्काल निर्माण गर्ने योजना रहेको बताएका छन।
यो काम मुख्य सडक विभागको भएको र त्यस टोलमा निमार्ण कार्यमा विवाद र अफ्ठेरो परेको खण्डमा मात्र ओडा मा सम्पर्क गरेको र कालो पत्रे बनाउने समयमा पनि जानकारी नदिएको बताएका छन् |
कालीमाटी बसपार्क हुदै टोखा सडक जोड्ने हो सडक विभाग को मातहत मा निर्माण गरिएको र वर्षा को कारण ले भत्किएको सडक विभागलाई चाँडै समन्वय गरेर अघि बढ्ने नगर प्रमुख रामेश्वर बोहोरा ले बताएका छन्|
क्याटेगोरी : समाचार
ट्याग : #साङ्लामा कोरिडोर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्